काठमाडौँ । नेपाल अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट भएको छ । आइसिसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटबाट नेपाल टी-२० विश्वकपमा छनोट भएको हो ।
एसिया र इस्ट एसिया प्यासिफिक छनोटका दुई खेल अगाबै नेपाल विश्वकपमा छनोट भएको हो । आज भएको खेलमा युएईले सामोआलाई पारजित गरेसँगै नेपाल दुई खेल अगाबै विश्वकपमा स्थान पक्का गरेको हो । नेपाल लगातार दोस्रो पटक विश्वकपमा छनोट भएको हो ।
आजै भएको खेलमा कुवेतले जापानलाई हराएको थियो । त्यसपछि यूएईले सामोआलाई हराए नेपाल र ओमान विश्वकपमा छनोट हुने समिकरण बनेको थियो । युएईले सामाओलाई पराजित गरेसँगै नेपाल र ओमान विश्वकपमा छनोट भएका हुन् ।
तपाईंको प्रतिकृया




