नेपाली बजारमा जिली EX5 को क्रेज, दुई महिनामै हजारौंको मन जित्यो !

काठमाडौं । नेपाली बजारमा हालै भित्रिएको विश्वविख्यात इलेक्ट्रिक भेइकल (EV) ब्रान्ड जिली EX5 ले छोटो समयमै उल्लेखनीय सफलता हात पार्न सफल भएको छ ।

सार्वजनिक भएको दुई महिनामै जिली EX5 Max र EX5 Pro का लागि ग्राहकहरूको उल्लेखनीय भीड देखिएको छ । विशेषगरी काठमाडौंको गैरीधारास्थित शोरूममा टेस्ट ड्राइभ, बुकिङ र खरिदमा उल्लेखनीय वृद्धि भएको कम्पनीले जनाएको छ ।

एलआरआर मोटर्समार्फत नेपाल भित्रिएको जिली EX5 ले आफ्नो स्मार्ट डिजाइन, प्रदूषणरहित प्रविधि र विश्वसनीय प्रदर्शन मार्फत ग्राहकहरूको मन जितिरहेको छ। काठमाडौं मात्र नभई पोखरा र विराटनगरबाट समेत ग्राहकहरू शोरूम पुगेर EV को प्रत्यक्ष अनुभव लिइरहेका छन् ।

काठमाडौं लगायत पोखरा र विराटनगरसम्मका उत्साही ग्राहकहरू गैरीधारा, शोरूममा स्वस्फूर्तरुपमा आएर जिली EX5 लाई प्रत्यक्ष रूपमा अनुभव गर्दा EX5 मोडलका स्मार्ट, आकर्षक र वातावरणमैत्री SUV देखेर चकित परेका छन्, जसले विद्युतीय सवारी साधनको परिभाषा नै पुनर्लेखन गरिरहेको छ ।

एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठले सोचेभन्दा निकै राम्रो प्रतिक्रिया पाएको बताए । “हामीले सोचेभन्दा निकै राम्रो प्रतिक्रिया पाएका छौं,” उनले भने ।

“शोरूम बाहिर लाइन लागेका दृश्यहरू, रेकर्ड संख्यामा टेस्ट ड्राइभ दर्ता— यी सबैले देखाउँछ कि नेपालीहरू जिलीको ‘स्मार्ट र दिगो मोबिलिटी’ को दृष्टिकोणसँग गहिरो रूपमा जोडिएका छन्” उनले थपे ।

उनका अनुसार, टेस्ट ड्राइभमा सहभागी ग्राहकहरूले EX5 को स्मूथ परफर्मेन्स, र भविष्यकेन्द्रित डिजाइनको प्रशंसा गर्दै यसलाई ‘नेपालले कुरिरहेको EV को संज्ञा दिएका छन्।

एलआरआर मोटर्सले हाल फोन र सामाजिक सञ्जालमार्फत परिवार, युवा, ब्यवसायी, पेशाकर्मी र ईभि पारखीहरूबाट अत्यधिक सोधपुछ र रुचि प्राप्त गरेको छ। धेरै ग्राहकहरूले EX5 को रेंञ्ज, विश्वसनीयता र आधुनिक सुविधाप्रति विश्वास व्यक्त गर्दै यसलाई २०२५ को सबैभन्दा चर्चित विद्युतीय SUV मध्ये एकको उपमा दिएका छन्।

“जिली EX5 प्रगतिशील सोच र आत्मविश्वासको प्रतीक हो,” एलआरआर मोटर्सका निर्देशक जीवन जंग शाहीले भने “हामीले पाएको जिली EX5 प्रतिको उत्साह र स्विकार्यताले नेपाली उपभोक्ताहरुले उनीहरू जिली ग्रुपको गौरवपूर्ण इतिहाससँगै परिवर्तनको नेतृत्व गर्न उत्साहित रहेको देखाएको छ।”

उच्च मागका कारण, एलआरआर मोटर्सले शोरूम समय विस्तार र थप टेस्ट ड्राइभको समय बढाएको घोषणा गरेको छ। हाल गैरिधारास्थित शोरूम बिहान ९ बजे देखि साँझ ८ बजेसम्म सञ्चालनमा छ, साथै शनिवार र सार्वजनिक बिदामा पनि खुला रहेको बताइएको छ।

यो उत्साहलाई थप उचाइमा पु¥याउन, एलआरआर मोटर्सले आफ्ना ग्राहकहरूका लागि विशेष फेस्टिभ अफरहरू घोषणा गरेको छ । अफर अन्तर्गत नयाँ खरिदकर्ताहरूले आकर्षक नगद छुट, एक वर्षको निःशुल्क बीमा, सजिलो फाइनान्स सुविधा, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, थप बोनस र उपहार प्याक लगायतका लाभ प्राप्त गर्न सक्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप