बैंक जानै नपर्ने ! सिटिजन्स बैंकको ‘स्मार्ट बचत’ र ‘स्मार्ट बैंकिङ’ले बदल्दैछ वित्तीय अनुभव

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले युवा पुस्ता र प्रविधिमैत्री ग्राहकहरूलाई लक्षित गर्दै पूर्ण रूपमा डिजिटल र वातावरणमैत्री ‘सिटिजन्स स्मार्ट बचत खाता’ र अत्याधुनिक सुविधासहितको ‘सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ’ सेवाको सुरुवात गरेको छ। यसले बैंकिङ सेवालाई अझ सहज, सुलभ र आधुनिक बनाउने बैंकले जनाएको छ।

सिटिजन्स स्मार्ट बचत खाताका मुख्य विशेषताहरू:

  • न्यूनतम मौज्दात शून्य: यो खाता खोल्नका लागि कुनै न्यूनतम मौज्दातको आवश्यकता पर्दैन, जसले सबै वर्गका ग्राहकहरूलाई आकर्षित गर्नेछ।

  • निःशुल्क डी-म्याट खाता: खातावालहरूलाई पहिलो वर्षका लागि निःशुल्क डी-म्याट खाताको सुविधा प्रदान गरिनेछ।

  • निःशुल्क इन्टरनेट तथा मोबाइल बैंकिङ: पहिलो वर्षका लागि इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ सेवा निःशुल्क उपलब्ध हुनेछ।

  • निःशुल्क सी-आस्वा दर्ता: सेयर आवेदन प्रक्रियालाई सहज बनाउन निःशुल्क सी-आस्वा दर्ता सेवा प्रदान गरिनेछ।

  • डिजिटल उत्पादनहरूमा विशेष छुट: दोस्रो वर्षदेखि ग्राहकहरूले बैंकका सबै डिजिटल उत्पादनहरू (एटीएम, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ) प्रयोग गरेमा हरेक वर्ष ५०% छुट प्राप्त गर्नेछन्।

  • पहिलो टपअपमा क्यास ब्याक: पहिलो मोबाइल टपअपमा ५०% वा अधिकतम रु. १०० सम्मको क्यास ब्याक सुविधा उपलब्ध छ।

  • अन्य बैंकको एटीएमबाट निःशुल्क नगद झिक्ने सुविधा: प्रति महिना २ वटा कारोबारका लागि अन्य बैंकको एटीएमबाट निःशुल्क नगद झिक्न सकिनेछ।

  • भिजा क्रेडिट कार्ड र ई-कम कार्डमा छुट: भिजा क्रेडिट कार्डमा ५०% र ई-कम कार्ड जारी शुल्कमा ५०% छुटको व्यवस्था गरिएको छ।

  • विदेशी विनिमयमा विशेष सुविधा: विदेशी मुद्रा सटहीमा ०.१० पैसाको विशेष सहुलियत प्रदान गरिनेछ।

  • वातावरण संरक्षणमा योगदान: खोलिएको प्रत्येक खाताबापत बैंकले एउटा वृक्षारोपण गरी वातावरण संरक्षणमा समेत योगदान पुर्याउनेछ।

सिटिजन्स स्मार्ट मोबाइल बैंकिङका विशेष तथा अद्वितीय सेवाहरू:

सिटिजन्स बैंकको मोबाइल बैंकिङ सेवा उद्योगकै उत्कृष्टमध्ये एक मानिएको छ। यसमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड लगायतका विभिन्न नवीन सुविधाहरू समावेश गरिएका छन्।

  • भर्चुअल क्रेडिट कार्ड: नेपालमै पहिलो पटक सिटिजन्स फोनपे भर्चुअल क्रेडिट कार्डको सुरुवात गरिएको छ। यसले ग्राहकहरूलाई क्यूआर स्क्यान, अनलाइन खरिद र ईएमआईमा सामान खरिद गर्न सहयोग पुर्याउनेछ। मासिक बिल समयमा भुक्तानी गरेमा ब्याजमुक्त ऋण सुविधा पनि उपलब्ध छ।

  • पे डे लोन (Payday Loan): मोबाइल बैंकिङ एपमार्फत तत्काल साना तथा छोटो अवधिका ऋणहरू प्राप्त गर्न सकिनेछ। ग्राहकले डिजिटल सीभीभी, शर्त तथा नियमहरू स्वीकार गरेपछि ऋण रकम तत्काल खातामा जम्मा हुनेछ।

  • मेरो आस्वा (My ASBA) मार्फत IPO/FPO/Right Share आवेदन: मोबाइल बैंकिङबाटै वास्तविक समयमा आईपीओ, एफपीओ र राइट सेयरका लागि आवेदन दिन सकिनेछ। यसमा आवश्यक रकम वास्तविक समयमा रोक्का हुने, शुल्क स्वतः कट्टी हुने र रकम स्वतः अनब्लक हुने सुविधा छ। अब मेरो सेयरमा छुट्टै लगइन गरी सीआरएन नम्बर सम्झिरहनु पर्ने छैन।

  • स्मार्ट सेवाहरू: मोबाइल बैंकिङको स्मार्ट सेवा खण्डबाट निम्न सेवाहरू उपलब्ध हुनेछन्:

    • कार्ड सम्बन्धी: नयाँ अनुरोध, पिन रिफ्रेस, पुनः पिन अनुरोध, कार्ड ब्लक, ई-एक्टिभेसन, कारोबार विवाद र कार्ड सम्बन्धी गुनासोहरू।

    • मोबाइल बैंकिङ/ई-बैंकिङ सम्बन्धी: इन्टरनेट बैंकिङ अनुरोध, मोबाइल बैंकिङ अनुरोध, मोबाइल पिन रिसेट र मोबाइल बैंकिङ गुनासोहरू।

    • डी-म्याट सम्बन्धी: मेरो सेयर अनुरोध, सीआरएन नम्बर अनुरोध, मेरो सेयर नवीकरण अनुरोध, मेरो सेयर पासवर्ड अनुरोध, डी-म्याट गुनासोहरू र सीआरएन हेर्ने।

    • क्यूआर मर्चेन्ट सेवाहरू: प्रयोगकर्ता नाम अनुरोध, दर्ता अनुरोध, पासवर्ड रिसेट अनुरोध, खाता नम्बर परिवर्तन अनुरोध, क्यूआर गुनासोहरू र मोबाइल नम्बर परिवर्तन अनुरोध।

  • लकर बुकिङ अनुरोध: ग्राहकहरूले आफ्नो आवश्यकता अनुसार मोबाइल बैंकिङबाटै लकर बुक गर्न सक्नेछन्।

  • मुद्दती खाता खोल्ने सुविधा: २४ सै घण्टा मोबाइल बैंकिङमार्फत सजिलै मुद्दती खाता खोल्न सकिनेछ।

  • चेक रोक्का: चेक हराएमा तत्काल मोबाइल बैंकिङबाटै चेक रोक्का गर्न सकिनेछ।

  • प्यान अपडेट: ग्राहकहरूले केही ट्यापमै आवश्यक कागजातहरू अपलोड गरी मोबाइल बैंकिङबाटै आफ्नो प्यान नम्बर अपडेट गर्न सक्नेछन्।

  • ब्यालेन्स तथा टीडीएस प्रमाणपत्र: मोबाइल बैंकिङबाटै ब्यालेन्स सर्टिफिकेट र टीडीएस सर्टिफिकेटका लागि अनुरोध गर्न सकिनेछ, जुन दर्ता गरिएको इमेलमा पठाइनेछ।

  • राष्ट्रिय परिचयपत्र लगायत कागजात अपडेट: राष्ट्रिय परिचयपत्र र रेमिट्यान्स आईपीओ बचत खाताका कागजातहरू मोबाइल बैंकिङबाटै सजिलै अपडेट गर्न सकिनेछ।

  • कार्डलेस निकासी: ग्राहकहरूले सिटिजन्स बैंकका एटीएमहरूबाट मोबाइल बैंकिङ प्रयोग गरी कार्ड बिना नै नगद निकाल्न सक्नेछन्।

  • टेलर क्यूआर: बैंकका काउन्टरहरूमा राखिएको टेलर क्यूआर स्क्यान गरेर मोबाइल बैंकिङमार्फत नगद झिक्न सकिनेछ। यो सुविधा फोनपे नेटवर्कमा आबद्ध अन्य बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरूका लागि पनि उपलब्ध छ।

  • ट्याप एण्ड पे (Tap and Pay): यो एक अफलाइन भुक्तानी समाधान हो जसले इन्टरनेट नभएको स्थानमा पनि एनएफसी ट्याग वा सीपीक्यूआर कोड (ग्राहकद्वारा प्रस्तुत क्यूआर कोड) प्रयोग गरी व्यापारीलाई भुक्तानी गर्न सक्षम बनाउँछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री