दसैँमा प्रधानमन्त्रीको सन्देश- ‘टीका नलगाऔँ, युवा शहीदको सम्मान गरौँ’

काठमाडौं । यस वर्षको विजयादशमीको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले टीका तथा जमरा नलगाउने भएकी छन् । प्रधानमन्त्रीको स्वकीय सचिवालयले एक विज्ञप्ति जारी गर्दै मुलुकमा हालै सम्पन्न युवा आन्दोलनमा धेरै युवाले ज्यान गुमाउनु परेको पीडालाई स्मरण गर्दै प्रधानमन्त्रीले यस्तो निर्णय लिएको जानकारी दिएको छ ।

सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हालै सम्पन्न युवापुस्ताको आन्दोलनमा धेरै युवाले ज्यान गुमाउनु परेको पीडा हाम्रो सामु छ। त्यसैले यस वर्ष प्रधानमन्त्रीज्यूले आफू टीका नलगाउने र देशवासीलाई पनि टीका लगाउने कार्यक्रम नरहेको ब्यहोरा सादर अनुरोध गर्दछौँ ।’

प्रधानमन्त्रीको यो निर्णयले यस वर्षको दसैँमा एक फरक सन्देश प्रवाह गर्ने देखिन्छ । विशेषगरी युवा आन्दोलनका क्रममा भएको मानवीय क्षतिप्रति संवेदनशीलता देखाउँदै शोकलाई शक्तिमा बदल्ने प्रयासका रूपमा यसलाई हेरिएको छ ।

आज विजयादशमी परेको छ र परम्पराअनुसार मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने चलन छ। 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री