एनआइसी एसिया बैंकको सिईओ रोशन न्यौपानेले दिए राजीनामा, राठीलाई दिइयो जिम्मेवारी

काठमाडौँ । एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले आफ्नो पदबाट राजीनामा दिएका छन् । बुधबार न्यौपानेले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

आज बसेको सञ्चालक समिति बैठकले उनको राजीनामा स्वीकृत गरेको बैंकका सूचना अधिकारी अर्जुन खनियाले न्युज दैनिकलाई जानकारी दिए । उनका अनुसार स्वास्थ्यमा आएको समस्याका कारण न्यौपानेले सीईओ पदबाट राजीनामा दिएका हुन् ।

‘श्रीमतीको पाठेघर सम्बन्धि र उहाँको पनि नाक सम्बन्धि समस्या भएकाले राजिनामा गर्नु भएको बुझिएको छ,’ सूचना अधिकारी खनियाले भने, ‘उहाँको कार्यकालको अवधि पनि धेरै नरहेको र ५र६ महिना नै उहाँले रेस्ट गर्नुपर्ने देखिएकोले राजीनामा दिनुभएको हो ।’

यससँगै बैंकका कामु प्रमुख कार्यकारी अधिकृतमा सन्तोष राठीलाई नियुक्त गरिएको छ । बैंक सञ्चालक समितिले नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) राठीलाई कायममुकायम सीईओको जिम्मेवारी तोकेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री