हिमालयन बैंकको चाबहिल शाखा बालुवाटारमा स्थानान्तरण, आधुनिक बैंकिङ सेवा सञ्चालन

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो चाबहिल शाखालाई नयाँ र सुविधासम्पन्न स्थान बालुवाटारमा स्थानान्तरण गरेको छ । बैंकले ग्राहकहरूलाई अझ सहज र प्रभावकारी बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले उक्त शाखालाई काठमाडौं महानगरपालिका वडा नं ०२, बालुवाटारस्थित एन एल कम्प्लेक्समा सारेको हो ।

नयाँ शाखा कार्यालयबाट सम्पूर्ण आधुनिक बैंकिङ सेवाहरू बिहीबारदेखि नै उपलब्ध हुने बैंकले जनाएको छ । यस स्थानान्तरणले ग्राहकहरूलाई अझ सुलभ र आरामदायी वातावरणमा वित्तीय कारोबार गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

शाखाको औपचारिक शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोकशमशेर राणाले गर्नुभयो । सो अवसरमा बैंकका उच्च पदस्थ कर्मचारीहरूका साथै स्थानीय प्रतिष्ठित व्यक्तिहरू र ग्राहकहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो ।

हिमालयन बैंकले आफ्नो सेवा विस्तार र स्तरोन्नतिको क्रममा यो शाखा स्थानान्तरण गरेको हो । नयाँ स्थानबाट ग्राहकहरूले अत्याधुनिक प्रविधियुक्त र गुणस्तरीय बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री