नेपाल बैंकको अध्यक्षमा डिल्लीराज शर्माले लिए शपथ

काठमाडौँ । नेपाल बैंकको अध्यक्षमा नियुक्त भएका प्राडा. डिल्लीराज शर्माले बिहीबार कार्यभार सम्हालेका छन् । भदौ २० गते अध्यक्षमा नियुक्ति पाएका उनले बिहीबार शपथ ग्रहण गरेसँगै कार्यभार सम्हालेका हुन् ।

उनलाई नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले अध्यक्षमा शपथग्रहण गराएका छन् ।

यसअघि बैंकको अध्यक्षमा थानेश्वर गौतम थिए। उनी फागुन १२ गते नेपाल बैंकको अध्यक्षमा नियुक्त भएका थिए । तर गत भदौ १९ गते नै उनले अध्यक्ष र स्वतन्त्र सञ्चालक पदबाट राजीनामा दिएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री