बोको हरामको विद्युतीय पासाेमा परेर १३ काे मृत्यु

काठमाडाैँ । बोको हरामले राखेको विद्युतीय धरापमा परेर नाइजेरियामा १३ सुरक्षाकर्मी मारिएका छन् । मारिनेमा केही सैनिक र केही प्रहरी रहेको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । तर अर्को एक श्रोतले भने मृत्यु हुनेको संख्या १८ पुगेको दावी गरेको छ ।

बोर्नो राज्यको राजधानी मैदुगुरीसँग जोडिएको राजमार्गमा सोमबार राति अबेर बोको हरामका लडाकूहरूले विद्युतीय धराप राखेका थिए ।

प्रहरी र सैनिक गरी १३ जनाको दुखद् निधन भएको छ, सैन्य अधिकारीद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री