प्रभु इन्स्योरेन्सको १८ प्रतिशत बोनस सेयर पारित, बजारको चुनौतीका बावजुद लगानीकर्तालाई आकर्षक प्रतिफल

  • डिजिटल रूपान्तरण र सुशासनलाई प्राथमिकतामा राख्दै अघि बढ्ने कम्पनीको प्रतिबद्धता

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्ना सेयरधनीलाई आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट १८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको २९औं वार्षिक साधारणसभाले उक्त निर्णय गरेको हो। बीमा बजारमा विद्यमान आर्थिक चुनौतीका बीच आएको यो घोषणाले कम्पनीको वित्तीय सबलता र लगानीकर्ताको विश्वासलाई थप बलियो बनाएको छ।

साधारणसभामा बोल्दै कम्पनीका अध्यक्ष राजेन्द्र मल्लले प्रतिकूल आर्थिक परिस्थितिका बावजुद कम्पनीले गत आर्थिक वर्षमा उत्कृष्ट मुनाफा आर्जन गर्न सफल भएको बताए। उनले भने, “यो उपलब्धिले हाम्रा सेयरधनीलाई आकर्षक प्रतिफल दिन सम्भव भएको छ, जसले प्रभु इन्स्योरेन्सलाई बजारमा थप सुदृढ र विश्वासिलो संस्थाका रूपमा स्थापित गरेको छ।”

अध्यक्ष मल्लले कम्पनीले नियमनकारी निकायका निर्देशनहरूको पूर्ण पालना गर्दै आन्तरिक सुशासन र दीर्घकालीन रणनीतिक योजनालाई प्राथमिकतामा राखेको जानकारी दिए। ग्राहक सेवालाई छिटो, छरितो र सहज बनाउन कम्पनीले डिजिटल रूपान्तरणलाई तीव्र गतिमा अघि बढाएको उनको भनाइ थियो। “हामीले अत्याधुनिक प्रविधिमार्फत दाबी भुक्तानी, बीमालेख नवीकरण जस्ता सेवालाई डिजिटल माध्यमबाटै सरल र प्रभावकारी बनाएका छौं,” उनले थपे, “किनकि ग्राहकको सन्तुष्टि नै हाम्रो वास्तविक सफलता हो।”

व्यावसायिक गतिविधिसँगै संस्थागत सामाजिक उत्तरदायित्वलाई पनि कम्पनीले अभिन्न अंग बनाएको अध्यक्ष मल्लले बताए। उनका अनुसार, प्रभु इन्स्योरेन्सले स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन जस्ता क्षेत्रमा सक्रिय योगदान पुर्‍याउँदै समुदायको दिगो विकासमा सहकार्य गरिरहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री