अफगानिस्तानमा आतंकवादी आक्रमण : २८ जनाको मृत्यु

काठमाडाैँ । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक सरकारी भवनको परिषरमा भएको आक्रमणमा कम्तिमा २८ जनाको ज्यानगएको छ ।

सरकारी कार्यालयको परिषरभित्र बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउनुका साथै आत्मघाती बम बिस्फोट गराएको सरकारी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । घटनामा कम्तिमा २० जना घाइते भएका छन् ।

आक्रमणकारीले अफगानिस्तानको मिनिस्ट्री अफ पब्लिक वर्क्सको परिषरमा बिस्फोट तथा गोली प्रहार गरेका हुन् । सोमबार घटना भएका बेला मन्त्रायलमा रहेका कार्यालयमा कार्यरत सयौँ कर्मचारी फसेका थिए । उनीहरु हामफालेर भागेका थिए ।

आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन । तर अफगानिस्तानमा यस्ता खालका आक्रमण बिद्रोही समूह इस्लामिक स्टेट (आइएस) तथा तालिबानले गर्ने गरेका छन् ।

मन्त्रालयको प्रवेशद्वारमा आत्मघाती कार बम बिस्फोट भएपछि अन्धाधुन्ध गोली प्रहार सुरु भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्मार्ट पेमार्फत बैंकस्तरीय भुक्तानी सेवा सञ्चालन गर्ने सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिप्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सिटी …

प्रतिकृया दिनुहॊस