इन्डोनेसिया । इन्डोनेसियाको क्राकातोए ज्वालामुखी बिस्फोटपछि आएको सुनामीका कारण मृत्यु हुनेकोे संख्या ३७३ पुगेको छ ।
अहिलेसम्म सुनामीका कारण कम्तिमा ३७३ जनाको मृत्यु भएको पुष्टि भएको इन्डोनेसियाको विपद व्यवस्थापन एजेन्सीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । गत शनिबार गएको सुनामीका कारण इन्डोनेसियाको जाभा र सुमात्राका आइल्याण्डमा बढी प्रभाव परेको छ ।
ज्वालामुखी बिस्फोट भएका कारण आइल्याण्डसँग जोडिएको समुद्री क्षेत्रमा सुनामी आएको हो । सुनामीका कारण १४ सय ५९ जना घाइते भएका छन् भने १२८ जना अझै बेपत्ता रहेको एजेन्सीले जनाएको छ ।
अझै बिस्फोट हुन सक्ने र फेरि सुनामी जान सक्ने भएकाले सचेत रहन भनिएको छ । राजधानी जकार्ताबाट नजिकै रहेको विश्व प्रशिद्ध पर्यटकीय गन्तव्य आसपासमा सुनामीको असर परेको हो । सुनामीका कारण सन्डा स्ट्रेटका पानडेग्लाङ्ग, सेराङ्ग र दक्षिण लामपुङ्ग क्षेत्र प्रभावित भएका छन् ।
प्रतिकृया दिनुहॊस