चीनसँग व्यापारिक कारोबार बढाउने मैलुङ–स्याफ्रुबेँसी सडकको स्तरोन्नती माघदेखि

रसुवा । चीनसँग व्यापारीक कारोबार बढाउनका लागि निर्माण गरिएको मैलुङ–स्याफ्रुबेँसी सडकको स्तरोन्नती माघदेखि सुरु गरिने भएको छ ।

विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) संशोधन गर्नु परेकाले स्तरोन्नतीको काम ढिलाइ भएको हो । नेपाली सेनाले निर्माण गरेको १७ किलोमिटर सडक गएको जेठमा गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनालाई हस्तान्तरण गरिएको थियो ।

गएको असारमा निर्माण गरिएको डिपिआर पहिरोले सडकमा थप क्षति गरेपछि संशोधन गरिएको हो । संशोधन गर्न बढी समय लागेको कारण ट्रयाक खोलिएको सात महिनासम्म स्तरोन्नतीको काम सुरु हुन नसकेको हो ।

डीपीआर संशोधनको काम सकिएको र टेन्डर प्रक्रिया सुरु गरिएको योजना प्रमुख सुवोध कुमार देवकोटाले बताए। स्तरोन्नतीको काम सक्न करिब २ वर्ष लाग्ने उनको भनाइ छ । स्तरोन्नतीको काम नसकिँदासम्म सार्वजनिक यातायातको साधन सञ्चालन गर्न नदिने योजनाले जनाएको छ ।

यो सडक बेत्रावती कालिकास्थान धुन्चेहुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ । बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अजरबैजान जाँदै राष्ट्रपति पाैडेल

काठमाडौं । बाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन …

प्रतिकृया दिनुहॊस