घट्यो सुनको भाउ, आज तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ झन घटेको छ । आइतबार तोलामा तीन हजार रुपैयाँ घटेको सुनको मूल्य आज पनि ओरालो लागेको हो ।

प्रतितोला एक सय रुपैयाँ घटेर सुनको मूल्य आज तोलाको एक लाखा ९० हजार ६ सय रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत साता लगातार बढ्दै आएको सुनको मूल्यमा हिजो र आज घटेको हो ।

सुनको मूल्य हिजो तोलामा तीन हजार रुपैयाँ घटेर एक लाख ९० हजार सातसय रुपैयाँमा झरेको थियो । गत साता सुनको मूल्य ५९ सय रुपैयाँ बढेको थियो । गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो ।

सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । आज चाँदीको भाउ भने थोरै बढेको छ । आज चाँदी प्रतितोला पाँच रुपैयाँ बढेर दुई हजार एक सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री