वाईफाई नेपालको आकर्षक ‘मनसुन अफर’: वार्षिक ८,५०० रुपैयाँमै १०० Mbps इन्टरनेट, एक महिना बोनस !

ललितपुर । नेपालको इन्टरनेट सेवा प्रदायक बजारमा प्रतिस्पर्धालाई थप रोचक बनाउँदै, देशकै एक अग्रणी इन्टरनेट सेवा प्रदायक, वाईफाई नेपालले आजदेखि आफ्नो नयाँ र आकर्षक ‘मनसुन अफर-सेन्चुरी प्याक’ सार्वजनिक गरेको छ । मनसुनको अवसर पारेर ल्याइएको यो अफरअन्तर्गत ग्राहकहरूले अब किफायती मूल्यमा उच्च गतिको इन्टरनेटको लाभ लिन सक्नेछन् ।

कम्पनीका अनुसार ८,५०० को वार्षिक प्याकेजमा ग्राहकले कुनै पनि अतिरिक्त शुल्क (भ्याटसहित) बिना १०० Mbps गतिको इन्टरनेट १३ महिनासम्म प्रयोग गर्न पाउनेछन् । यस प्याकेजमा १२ महिनाको शुल्कमा १ महिना बोनस र NOKIA को उच्च गुणस्तरीय ५ गिगाहर्ज राउटरसमेत समावेश गरिएको कम्पनीले जनाएको छ ।

यो नयाँ अफरबारे बोल्दै वाईफाई नेपालका प्रमुख कार्यकारी अधिकृत शत्रुहन पञ्जियारले नेपाली उपभोक्तालाई सस्तो मूल्यमा छिटो र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्नु कम्पनीको मूल लक्ष्य रहेको बताए । उनले भने, ‘हामीले १०० Mbps सेवा सफलतापूर्वक सञ्चालन गरिरहेको अवस्थामा हाम्रा ग्राहकहरूलाई थप सुविधा प्रदान गर्न यो मनसुन अफर ल्याएका हौं । यसबाट अधिकतम लाभ लिनुहुन म सम्पूर्ण ग्राहक महानुभावहरूमा अनुरोध गर्दछु ।’

प्रमुख कार्यकारी अधिकृत पञ्जियारले देशका ४८ वटा शाखा सञ्जालमार्फत १०० भन्दा बढी शहरहरूमा ४४३ जना समर्पित जनशक्तिमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्न कम्पनी सदैव तत्पर रहेको पनि जानकारी दिए ।  ‘स्पिड पनि, सस्तो पनि !’ भन्ने नारालाई आत्मसात् गर्दै ल्याइएको यो अफरमा सहभागी हुन वा थप जानकारी लिन इच्छुक ग्राहकले कम्पनीको आधिकारिक वेबसाइट (www.wifinepal.com) वा फोन नम्बर ०१-५९७०७८९ मा सम्पर्क गर्न सक्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री