स्पर्स लघुवित्तको फिल्ड व्यवस्थापन कार्यशाला

काठमाडाैँ । स्पर्स लघुवित्त वित्तीय संस्थाले सञ्चालनमा रहेका २० वटा शाखा कार्यालयहरूमा कार्यरत फिल्ड सहायकहरूलाई १ दिने फिल्ड व्यवस्थापन कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । दुई चरणमा विभाजन भएको उक्त गोष्ठी परासीको बर्दघाट र पोखराको बेगनासतालमा सम्पन्न भएको थियो । सहभागीहरूलाई यस आवमा वित्तीय संस्थाले लिएको लक्ष्य प्राप्तिका लागि थप उत्प्रेरित बनाउने र फिल्ड कर्मचारीहरूको वृत्ति विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममा वित्तीय संस्थाका जम्मा ६७ जना फिल्ड सहायकको सहभागिता रहेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताए ।

मंसिर २८ र पुस १ गते २ दिन अलग–अलग स्थानमा भएको उक्त कार्यक्रमको पहिलो दिन कार्यक्रमको उद्घाटन गर्दै वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले मंसिर मसान्तसम्मको वित्तीय संस्थाको लक्ष्य तथा प्रगति विवरणको अवस्था, वित्तीय संस्थाले हाल भोगेका समस्या तथा अवसरहरू, वित्तीय संस्थाको यस आवको लक्ष्य तथा यसको प्राप्तिका रणनीतिका बारेमा बताउँदै सहभागीहरूलाई लगनशील भई कार्य गर्न उत्प्रेरित गरेका थिए । बर्दघाटमा भएको पहिलो दिनको गोष्ठीमा स्रोत व्यक्ति तेजबहादुर गिरीले सहभागीहरूलाई केन्द्र तथा फिल्ड व्यवस्थापनसम्बन्धी विषयमा सहजीकरण गरेका थिए । त्यसैगरी तालिमको दोस्रो दिन स्रोत व्यक्ति नविन प्याकुरेलले सहभागीहरूलाई सकारात्मक सोच र इच्छा शक्ति भए जस्तोसुकै पनि कार्य गर्न सकिने भन्दै सहभागीहरूलाई सकारात्मक ऊर्जा थप गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शाओमीको ‘दसैँ तिहारको उमंग, शाओमीको बबाल अफरसँग’ अफर सार्वजनिक

काठमाडौँ । शाओमीले नेपालमा आउँदै गरेको चाडपर्वलाई मध्यनजर गरेर चाडपर्वको सिजनको आनन्दलाई अझै उत्साहपूर्ण बनाउन …

प्रतिकृया दिनुहॊस