मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाडाैँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले ‘आजको आवश्यकता, विद्यार्थीहरूमा वित्तीय साक्षरता’ भन्ने मूल आशयले २१५ औं वित्तीय साक्षरता कार्यक्रम सत्यनारायण माध्यमिक विद्यालय, विराटनगरमा सम्पन्न गरेको छ । विगतमा कार्यक्षेत्रभित्रका स्थानीयहरूलाई यस कार्यक्रममा सहभागी गराउँदै आएको बैंकलेगतआर्थिक वर्षदेखि विद्यार्थीहरूमा समेत वित्तीय साक्षरता कार्यक्रम अभियानका रूपमा सञ्चालन गरेको हो ।

वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबारबारे चेतना जगाउने, विद्यार्थीहरूको भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणको लागि बिमाको प्रयोग, सफानोट सभ्यताको प्रतिक, बैंक तथावित्तीय संस्थाहरूको प्रकारलगायतको विषयमा वित्तीय चेतनाको अभिवृद्धि गराउने यस कार्यक्रमको मुख्य उद्देश्य थियो । विद्यार्थीहरूको समेत आय र व्ययको लेखाजोखा गरी कसरी फजुलखर्च कमगर्न सकिन्छ ? भन्ने पनि कार्यक्रमको विषय वस्तुमा समावेश गरिएको थियो ।बैंकले हालसम्म २१५ स्थानमा करिब ४० हजार जना स्थानीय तथा विद्यार्थीहरूलाई वित्तीय साक्षरता कार्यक्रममा सहभागी गराइसकेको छ । कार्यक्रममा उपस्थित अथितिहरूले मुक्तिनाथ विकास बैंक लिमिटेडले वित्तीय साक्षरता कार्यक्रममार्फत विद्यार्थीहरूमा जुन वित्तीय चेतना र वित्तीय ज्ञानमा अभिवृद्धि गर्ने प्रयास गरेको छ यो कार्य अत्यन्तै प्रशंसा योग्य रहेको साथै कार्यक्रम अति महत्वपूर्ण रहेको धारणा व्यक्त गरेका छन् ।

बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रमलाई अभियानको रूपमा सञ्चालन गर्दै आएको छ । आगामी दिनमा कार्यक्षेत्र भित्रमा व्यापक रूपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । कार्यक्रममा विद्यार्थीहरूले आफ्नो दैनिक अध्यापनमा समेत सघाउ पुग्ने र अध्ययनमा साक्षर भए पनि वित्तीय रूपमा साक्षर नभएको महसुस गरी आफूले अब वित्तीय निर्णय लिन सक्षम भएको बताएका थिए । बैंकले गरेको यस प्रकारको कार्यक्रमलाई व्यापक रूपमा सञ्चालन गर्न सुझाव दिएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री