आईएमई लाइफ र लुम्बिनी केवलकारबीच सहकार्य, बीमितलाई टिकटमा २०% छुट

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी र लुम्बिनी केवलकार प्रालिबीच सहकार्य भएपछि अब बीमित, अभिकर्ता र कर्मचारीहरूले केवलकार सेवामा विशेष छुट पाउने भएका छन्।

उक्त सहकार्यअनुसार अब लुम्बिनी केवलकारको टिकट खरिद गर्दा २० प्रतिशत छुट प्रदान गरिनेछ। बीमितहरूले कम्पनीको मोबाइल एपमार्फत आफ्नो बीमालेख देखाएर, र अभिकर्ता तथा कर्मचारीहरूले आफ्नो आधिकारिक परिचयपत्र देखाएर छुट प्राप्त गर्न सक्नेछन्। टिकट भने केवलकारको काउन्टरमै खरिद गर्नुपर्नेछ।

आईएमई लाइफले यस्तो सहकार्यले सेवाग्राहीहरूलाई थप सुविधा र सन्तुष्टि दिने विश्वास व्यक्त गरेको छ। कम्पनीले भविष्यमा अझ सहज र प्रविधिमैत्री सेवा प्रवाह गर्न ‘प्रिभिलेज कार्ड प्रणाली’ लागू गर्ने योजना पनि बनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री