काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बजाज पल्सरका दुई नयाँ मोडलहरू एन१६० र एन१२५ सार्वजनिक गरेको छ।
काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको ग्राण्ड कार्निभलको अवसरमा यी मोडलहरू सार्वजनिक गरिएका हुन्। कम्पनीका अनुसार यी मोटरसाइकलमा प्रविधि, स्टाइल र पर्फमेन्सको सशक्त संयोजन गरिएको छ, जसले बजारमा नयाँ ऊर्जा भर्ने अपेक्षा गरिएको छ।
पल्सर एन१६० मा १६४.८२ सीसीको दमदार इन्जिन, डुअल च्यानल एबीएस, अपसाइड डाउन फोर्क्स र स्मार्ट नेभिगेसनजस्ता आधुनिक फिचरहरू छन्। उता एन१२५ मा १२४.५८ सीसीको इन्जिन, उत्कृष्ट इन्धन क्षमता र ५-स्पिड ट्रान्समिशन उपलब्ध छ।
गोल्छा ग्रुपका मार्केटिङ प्रमुख अमित चालिसेले नयाँ मोडलहरूले नेपाली बजारमा पर्फमेन्स बाइकलाइ नयाँ परिभाषा दिने विश्वास व्यक्त गरे।
ग्राण्ड कार्निभल यही १६ देखि २१ वैशाखसम्म चल्नेछ, जसमा ग्राहकहरूले यी मोडलहरू टेस्ट राइड, फाइनान्स सुविधा, तथा स्थलमै खरिद गर्न सक्नेछन्।
कम्पनीले विभिन्न आकर्षक अफरहरू पनि उपलब्ध गराएको छ, जसमा शून्य सेवा शुल्क, उच्चतम भ्यालुएसन, नगद तथा अन्य उपहारहरू, साथै निःशुल्क एक्सेसरीज पनि समावेश छन्।



