सिद्धार्थ बैंकको लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १७.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंक स्रोतका अनुसार बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६६ प्रतिशत नगद गरी कूल १३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

साे बैंकले निरन्तर उल्लेख्य प्रगति गरी सेयरधनीहरुलाई आकर्षक प्रतिफल प्रदान गर्दै आएको छ । बैंकको आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा वर्तमान अर्थतन्त्र समस्याका कारण साँवा तथा ब्याज रकम असुलीमा कठिनाई भोगेको बैंकले जनाएको छ । बैंकको नाफामा केहि संकुचन आएको र कर्जाहरुबाट बैंकले उल्लेख्य रुपमा बक्यौता रकम असुली गरी सकेको हुँदा दोस्रो त्रैमासमा बैंकको समग्र वित्तीय अवस्थामा सुधार आउने बैंकले विश्वास लिएको छ । बैंकले हाल देशभर १९३ वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर, ११८ शाखारहित बैंकिङ्ग, २१५ एटिएम, १ हजार ७०० भन्दा बढी पिओएस् मेसिन र २० हजारभन्दा बढी क्यूआर मर्चेन्ट मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको वताएकाे छ । बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिदै सुरक्षित तरिकाले अनलाईनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने बैंकले वताएकाे छ ।

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

नबिल बैंकबाट १ करोड ३४ लाख चोर्ने ४ जना पक्राउ

काठमाडौं । नबिल बैंकको वीरगन्ज शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गर्ने …

प्रतिकृया दिनुहॊस