मुम्बईको अस्पतालमा आगलागी ८ जनाको मृत्यु, १ सय ४० घाईते

भारत । भारतको मुम्बईस्थित एक अस्पतालमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ। आगलागीमा परेर १ सय ४० जनाभन्दा धेरै घाइते भएका छन्। मुम्बईको मरोल क्षेत्रस्थित इएसआईसी कामगार अस्पतालमा आगलागी भएको हो।

साेमबार साँझ सुरु भएको आगलागी दमकल पुग्दासम्म निकै फैलिएकाले ठूलो क्षति भएको अधिकारीहरुले जनाएका छन्। अस्पतालमा आगलागी भएपछि धेरै व्यक्तिले ज्यान जोगाउन छतबाट हाम फाल्दा उनीहरु पनि घाइते भएका बताइएको छ।

अस्पतालको सबैभन्दो तल्लो तलाबाट आगलागी सुरु भएको थियाे। घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ । आगलागीको कारण खुल्न नसकेको भारतीय संचारमाध्यमले जनाएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री