सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पीएलसी बीच व्यापार ऋण सम्झौता

काठमाडौं । सानिमा बैंक लिमिटेड र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पिएलसी बीच १५ मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता अनुसार प्राप्त ऋण विशेष गरी जलविद्युत् आयोजनाहरूको निर्माणमा प्रयोग हुने हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल उपकरणहरूको आयात तथा निर्माण प्रक्रियाका लागि कच्चा पदार्थहरूको खरिदमा प्रयोग गरिनेछ ।

यस साझेदारीले सानिमा बैंकको Trade Finance Service लाई महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

सानिमा बैंकको तर्फबाट, प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टका लगानी निर्देशक एडमिर इमामीले यस सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यस साझेदारीले नेपालको ऊर्जा आवश्यकतालाई सम्बोधन गर्दै दिगो ऊर्जा स्रोतहरू परिचालन गर्न महत्वपूर्ण योगदान पुर्‍याउनेछ । यो प्रयास Fossil Fuel मा निर्भरता कम गर्न र जलवायु परिवर्तनसँग लड्न विश्वव्यापी प्रयासहरूमा केन्द्रित छ ।

सानिमा बैंकले स्वच्छ ऊर्जा परियोजनाहरूलाई प्रवर्धन गरी स्थानीय समुदायहरूका लागि दीर्घकालीन सकारात्मक प्रभावहरू सिर्जना गर्ने दृष्टिकोण राखेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री