रवि लामिछाने काठमाडौं जिल्ला अदालत उपस्थित

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । मंगलबार लामिछाने काठमाडौं जिल्ला अदालतमा पहिलो तारेखका लागि उपस्थित भएका हुन् ।

रवि पत्नी निकिता पौडेलसहित अदालत उपस्थित भएका छन् । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले रविलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री