बजाज एन२५० नेपालमा लन्च, सम्पन्न भयो ‘स्पिड फेस्ट २०२५’

काठमाडौं । बाइक उत्सव स्पिड फेस्ट २०२५ शनिबार एलिस रिसेप्सन, बालुवाटारमा सम्पन्न भएको छ। कार्यक्रममा मोटरसाइकलप्रेमीहरूको उत्साहजनक उपस्थिति रहेको नेपालमा बजाज बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार उक्त इभेन्टमा ७० भन्दा बढी सुपरबाइक प्रदर्शनी, ग्रान्ड बाइक ¥याली, टेस्ट राइड सेसन, नेपालका चर्चित ब्यान्डहरू द एलिमेन्ट्स र रकहेड्सको प्रत्यक्ष सांगीतिक प्रस्तुतिलगायत विभिन्न रोमाञ्चक कार्यक्रमहरू समावेश थिए। उक्त फेस्टमा बजाजको एन २५० मोडल लन्च गरिएको थियो। यसले इभेन्टमा थप आकर्षण थपेको थियो।

त्यसैगरी यस वर्षको स्पिड फेस्टमा कम्पनीबाट वितरित बजाज, केटीएम डुक र ट्रायम्फ ब्रान्डका मोटरसाइकलहरूको विशेष सहभागिता थियो।

लन्च भयो बजाज एन २५०
बजाज एन २५० को भव्य लन्च स्पिड फेस्ट २०२५ को प्रमुख आकर्षण बन्न सफल रहेको कम्पनीले उल्लेख गरेको छ। यो मोटरसाइकलमा पावर, आधुनिक प्रविधि र परिष्कृत डिजाइनको उत्कृष्ट संयोजन छ।

बजाज एन २५० मा २४.५ पीएस पावर दिने २४९ सीसी सिंगल–सिलिन्डर, फ्युल–इन्जेक्टेड, आयल–कुल्ड इन्जिन समावेश गरिएको छ।

यसमा डुअल च्यानल एबीएस, सुधारिएको चेसिस, एलईडी हेडलाइट, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र अपग्रेडेड एग्जस्ट सिस्टम रहेको छ, जसले बाइकलाई थप स्टाइलिश र सुरक्षित बनाउँछ।

बजाज एन २५० को लन्चले बाइकप्रेमीहरूलाई नयाँ प्रविधि र डिजाइनका मोटरसाइकल अनुभव गर्ने अवसर पनि प्रदान गरेको थियो। स्पिड फेस्ट २०२५ ले मोटरसाइकल संस्कृति प्रवर्द्धन गर्न सफल भएको आयोजकहरूले बताएका छन्।

हंसराज हुलासचन्द एन्ड कम्पनीले भविष्यमा पनि यसरी नै नेपाली बाइकप्रेमीहरूका लागि नवीनतम प्रविधि र रोमाञ्चक इभेन्टहरू ल्याउने प्रतिबद्धता जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री