काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको मृत्युपछि निष्पक्ष अनुसन्धान माग गर्दै विरोधमा उत्रिएका नेपाली विद्यार्थीहरू समक्ष विश्वविद्यालयकी कर्मचारीले माफी मागेकी छन् ।
उनले एक भिडिओ सन्देश जारी गर्दै विद्यार्थीहरुमाझ माफी मागेकी हुन् । आइतबार लम्साल विश्वविद्यालयको होस्टलभित्र मृत अवस्थामा भेटिएकी थिइन् । त्यसको निष्पक्ष छानविन गर्न माग गर्दै नेपाली विद्यार्थीहरु कलेजविरुद्ध शान्तीपूर्ण रुपमा प्रदर्शन गरेका थिए । तर उक्त विश्वविद्यालयकी कर्मचारीहरुले विद्यार्थीहरुलाई ज्यादती गरेकी थिइन् ।
‘यो भिडिओ म गत १६ फेब्रुअरीको रात भएको घटनामा मैले बोलेका कुराहरूप्रति क्षमायाचना गर्न बनाइरहेकी छु । त्यसबेला मैले दिएको अभिव्यक्ति मेरो व्यक्तिगत थिए । यसमा किट युनिभर्सिटीका कुनै पनि अधिकारीको संलग्नता छैन । मेरो अभिव्यक्तिले मेरा नेपाली विद्यार्थी र नेपाली जनताको भावनामा चोट लाग्न गएकोमा म गम्भीर क्षमायाचना गर्छु,’उनले भनेकी छन् ।
त्यहाँ कार्यरत शिक्षिकाहरुले नेपाली विद्यार्थीहरुलाई तुरुन्तै घर फर्किन चेतावनी दिएकी थिइन् ।




