काठमाडौँ । कल्पना गर्नुहोस् कि तपाईं बिना कुनै योजना अचानकै पहिलो पटक नयाँ शहरको यात्रामा निस्किन पर्ने भयो । तपाईं एकदमै थकित भईसक्नुभयो र तपाईंले अझै पनि एउटा राम्रो होटल पाउनु भएको छैन ।
सबै राम्रा होटलहरु पुरै बुक भइसकेका छन् । अन्त्यमा बल्लतल्ल तपाईंले एउटा होटल पाउन सफल हुनुभयो जुन तपाईंको बजेटमा फिट हुन्छ र तपार्इं होटलमा चेकइन गर्नुहुन्छ । जब तपाईं होटलको कोठामा प्रवेश गर्नुहुन्छ खाटका तन्नाहरू मैला देख्नुहुन्छ, कोठा फोहोर र छरपष्ट छ, अनि ट्वाइलेट झन दुर्र्गिन्धत ।
यस अवस्थामा निराश हुनु स्वाभाविक हो । के तपाईंले आफ्नो बजेटमा ठिक्कको कोठा पाउनको लागि पनि धेरै स्मार्ट वा भाग्यशाली नै हुनुपर्छ ? या तपाईंले राम्रो कोठा पाउन धेरै पैसा तिरेर ५ तारे होटलमै बस्नुपर्छ ? चिन्तित नहुनहोस्, यो सबै समस्याको समाधान गर्न नेपालमा ओयो आइसकेको छ ।
ओयो होटेल एशियामै पहिलो थिएल फेलोशिप (पेपाल संस्थापक पीटर थिएलद्वारा सुरु गरिएको) विजेता रितेश अग्रवालद्वारा सन् २०१३ मे मा सुरुवात गरिएको होटेल श्रृंखला हो । यो दक्षिण एसियाको सबैभन्दा ठूलो, चीनका शीर्ष १० मध्ये एक, र विश्वकै सबैभन्दा द्रुत गतिमा बढ्दोे होटल, घरहरू र बस्ने स्थानहरूको श्रृंखला हो र यो भारत, चीन, मलेशिया, नेपाल, यूके, संयुक्त अरब ईमाईरेट्स र हाल इन्डोनेशियामा पनि अवस्थित छ । एकभन्दा धेरै अवस्थामा यात्रीहरू र शहरवासीहरु स्थान, गुणस्तर र मूल्यमा सम्झौता गर्न बाध्य भएका हुन्छन् । रितेश यस समस्यालाई प्रविधि र प्रतिभाको प्रयोग गरी समाधान गर्न चाहन्थे ।
यही सोचबाट नै यात्रुहरुको लागि अनुमानित, सस्तो, कुनै पनि समय उपलब्ध रहने बसाई व्यवस्थाहरु प्रदान गर्ने प्रतिज्ञाको साथ सन् २०१३ मा ओयोको सुरुवात भएको हो । पछिल्लो पाँच वर्षमा ओयोले वितरण, परिचालन र परिवर्तनकारी निर्माण क्षमताहरू बनाएको छ, जसले गर्दा ओयोले ३ ( १४ दिनको रेकर्ड समयमा नै होटलहरूलाई अनबोर्ड लिएर परिवर्तन गर्ने क्षमता राख्दछ ।
ओयोको सिविल ईन्जिनियरहरूको बलियो टोलीले बिना ब्रान्डको होटलहरूको आवश्यक निर्माण र नवीकरणको काम गर्दछ र उनीहरूको गुणस्तरलाई बढाएर परिष्कृत बनाउँछ । त्यसैले अबदेखि, तपाईंहरुले बजेट अनुसारको कोठाहरूमा रहँदा गुणस्तर र उपलब्धतामा सम्झौता गर्नुपर्ने छैन । जब तपाईं ओयो बुक गर्नुहुन्छ, तब तपाईंले संजालमा रहेका सबै होटलहरूमा ग्यारेन्टीका साथ एकदम राम्रो ओयो अनुभव पाउनुहुन्छ । छोटकरीमा भन्नु पर्दा, जब तपाईं ओयो बुक गर्नुहुन्छ, तपाईं ओयोमा बस्न पाउनु हुन्छ ना कि XYZ होटलमा ।
ओयोको विश्वव्यापी पदचिन्ह अहिले भारत, चीन, मलेशिया, नेपाल, यूके, संयुक्त अरब ईमाईरेट्स र इन्डोनेशियाका ५०० भन्दा बढी शहरहरूमा १२,००० + होटेलहरूका ३३०,०००+ कोठाहरूमा फैलिएको छ । चीनमा ओयोले फ्रेन्चाइज् , म्यान्चाइज् र लीज्ड ढाँचा अन्तर्गत २६३+ शहरका २,६००+ होटलहरूमध्येका १,७३,००० + कोठाहरूमा अतिथिहरूलाई राख्दछ ।
नेपालमा मे २०१७ बाटसञ्चालन सुरु गरेको ओयोल आफ्नो श्रृंखला काठमाडौं र पोखराका १००+ होटलका १८००+ विशेष कोठाहरूसम्म विस्तार गरेको छ, जहाँ कोठाको मूल्य नेपाली रुपैयाँ ९९९ बाट सुरु भई २००० सम्म हुने गरेको छ । ओयोको हाल नेपालमा ४५ जना कर्मचारीहरु छन् ।
पोखरामा हालै आयोजित क्रिकेट खेल पोखरा प्रिमियर लीग (पीपीएल) को लागि ओयो आतिथ्य साझेदार पनि रहेको थियो ।
ओयोका सबै कोठाहरू स्तरिय हुन्छन् । ओयोको कोठाहरुको प्रमुख विशेषताहरुमा टि.वी., सफा तन्ना, निःशुल्क ब्रेकफास्ट, निःशुल्क वाई(फाई, सफा ट्वाइलेट, प्रत्येक रूममा टोईलेट्रीज किट, पहेंलो लाईटिङ्ग, गुणस्तरीय डसना, ताजा सुगन्ध आदि पर्दछन् ।
ओयो एप — ओयो बुक गर्नको लागि सबैभन्दा सजिलो तरिका हो । अतिथिहरूले केही सेकेन्ड भित्रै रूम छनोट गरि बुक गर्न सक्छन् । साथै खाना र रूम सर्विसको अर्डर गर्नको लागि स्विफ्ट चेक(इनको अनुमति समेत दिइन्छ ।
एक पटक बुकिङ गरिसकेपछि एपले अतिथिलाई सजिलै होटलको ठेगानामा नेभिगेट गर्ने अनुमति दिन्छ । यसले प्रयोगकर्ताहरूलाई सजिलै बुकिङ्ग हेर्न, व्यवस्थापन वा रद्द गर्न पनि सक्छन् । एपमा उपलब्ध धेरै पेमेन्ट गेटवेहरुको साथै अतिथिहरूले होटलमै तिर्न सक्ने विकल्प पनि रहेको छ ।एपको अतिरिक्त प्रयोगकर्ताहरुले ओयोको वेबसाइट र कल सेन्टरको नम्बर ९७७१४२१७४७४ मा पनि बुक गर्न सक्छन् ।




