काठमाडौँ । ज्योति विकास बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता भएको छ ।
उक्त सम्झौतामा बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक सुशील कुमार शर्मा र ओम हस्पिटलका तर्फबाट प्रबन्ध सन्चालक बाबु काजी कार्कीले हस्ताक्षर गरेकाछन् ।
उक्त सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुले अस्पतालका विभिन्न स्वास्थ्य सेवा तथा सुविधाहरुमा विशेष छुटको पाउनेछन् ।
बैंकले हाल ८२ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत आफ्ना ग्रहकवर्गहरुलाई सेवा तथा सुविधाहरु उपलव्ध गराउँदै आईरहेको छ ।
प्रतिकृया दिनुहॊस