फाइल फाेटाे

ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

काठमाडौं । जनकपुरमा बालुवा लोड गरेको ट्रकले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदल यात्री महोत्तरीको महोत्तरी गाउँपालिका–५ बस्ने वर्ष ६० का सत्यनारायण साह छन् ।

आज बिहान जनकपुरधाम उपमहानगरपालिका ७ मा बाटो काट्दै गरेका पैदल यात्री साहलाई ना ६ ख ४५३७ नम्बरको ट्रकले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरी जनाएको छ । ट्रक चालक धनुषाको मिथिला नगरपालिका ११ लालगढका ४१ वर्षीय शिव कुमार दमाईलाई प्रहरीले पक्राउ गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘नो केबलकार समूह’ द्वारा थप आन्दोलन कार्यक्रमको घोषणा

काठमाडौँ । ‘नो केबलकार समूह’ द्वारा पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध थप आन्दोलन कार्यक्रम गर्ने घोषणा गरेको छ । उनीहरुले नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै थप आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेका हुन् ।

प्रतिकृया दिनुहॊस