अभिनेता सैफ अली खानमाथि आक्रमण गर्ने एकजना पक्राउ

काठमाडौं । अभिनेता सैफ अली खानको घरमा प्रवेश गरेर आक्रमण गरेका मध्य एक जना पक्राउ परेका छन् ।

मुम्बईको बान्द्रा प्रहरीले खानको घरमा प्रवेश गरी आक्रमण गरेको आरोपमा शुक्रबार एक जना संदिग्धलाई पक्राउ गरेको छ । प्रहरीले उनीसँग सोधपुछ गरिरहेको छ ।

प्रहरीका अनुसार आक्रमणपछि संदिग्ध व्यक्ति बान्द्रा रेलवे स्टेशन नजिकैको सीसीटीभीमा देखिएको थियो ।

उनलाई त्यही क्षेत्रबाट पक्राउ गरिएको हो । संदिग्ध व्यक्ति १५ जनवरी बिहान २.३० बजे सैफको घरको छैठौं तलाबाट तल झरेको देखियो ।

यस आक्रमणमा अभिनेताको घाँटी, ढाड, हात र टाउकोसहित ६ स्थानमा छुरा प्रहार गरिएको थियो ।

लिलावती अस्पतालका सीओओ डा नीरज उत्तमानीले सैफको मेरुदण्डमा चक्कुको टुक्रा अड्किएको र तरल पदार्थ पनि निस्किरहेको बताए ।

उनका अनुसार शल्यक्रिया गरेर निकालिएको छ । प्रहरीले चक्कुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

यो घटना सैफ–करीनाका छोराहरू तैमुर र जेहको कोठामा भएको हो । कोठामा उनको हाउसकीपर एरियामा घरेलु कामदार महिला फिलिप उर्फ लिमा उपस्थित थिइन्, जसलाई अज्ञात व्यक्तिले समातेका थिए ।

उनको चिच्याएको आवाज सुनेर सैफ बालबालिकाको कोठामा पुगेका थिए । सैफलाई देख्नेबित्तिकै अज्ञात व्यक्तिले उनीमाथि आक्रमण गर्न थाले। सो क्रममा घाइते भएकी घरेलु कामदार महिलालाई पनि लिलावती अस्पताल लगिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चलचित्र ‘लाज शरणम्’ मा बालेनले गाए गीत

काठमाडौँ । चलचित्र ‘लाज शरणम्’ मा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गीत गाएका छन् । …

प्रतिकृया दिनुहॊस