भीम रावल धनगढी पुग्दा विमानस्थलमा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी (भिडिओ)

काठमाडौं । कैलालीस्थित धनगढी विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको छ । शुक्रबार बिहान नेकपा एमालेबाट बहिर्गमनमा परेपछि मातृभूमि जागरण अभियान चलाइरहेका डा. भीम रावल धनगढी पुग्दा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी भएको हो ।

रावल विमानस्थल ओर्लिँदा उनका समर्थकहरूले एमालेको विरोधमा नारा लगाए थिए । उनीहरुले ‘भीम रावल आऊ, देश बचाऊ’, केपी ओली मुर्दावाद’ लगायता नारा लगाएको सार्वजनिक भिडिओमा सुन्न सकिन्छ ।

विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता रावलले सबै देशभक्तलाई समेटेर वैकल्पिक शक्ति बन्ने दाबी गरेका छन् । उनले यो अभियानमा काठमाडौंका मेयर बालेन साहलाई समेत समेटेर अगाडि बढ्दा राम्रो हुने धारणा समेत सार्वजनिक गरे । ‘बालेनजी हुनुहुन्छ, जोजो हुनुहुन्छ, ती सबलाई एकजुट गरेर राष्ट्रको हितमा अगाडि बढाएदेखि राम्रो हुन्थ्यो भने धारणा छ,’ उनले भने ।

हालै विराटनगर गएका बेला राजावादीहरुले स्वागत गरेको विषयमा उनले राजावादीलाई भेट्दैमा आफूलाई पनि राजावादी भन्न नमिल्ने बताए । रावल पत्रकार भेटघाटपछि गृहजिल्ला अछामको रामारोशनतर्फ प्रस्थान गरेका छन् । उनी नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापासँग हवाईजहाजको एउटै सिटमा बसेर काठमाडौंबाट धनगढी पुगेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘नो केबलकार समूह’ द्वारा थप आन्दोलन कार्यक्रमको घोषणा

काठमाडौँ । ‘नो केबलकार समूह’ द्वारा पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध थप आन्दोलन कार्यक्रम गर्ने घोषणा गरेको छ । उनीहरुले नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै थप आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेका हुन् ।

प्रतिकृया दिनुहॊस