नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको नयाँ कार्यसमिति

काठमाडौं । नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २५औँ वार्षिक साधारणसभा तथा चौथो राष्ट्रिय अधिवेशनले विजेन्द्रविक्रम शाहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिवेशनले नौजना पदाधिकारी र १० सदस्य गरी १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

१९ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा मेखबहादुर अधिकारी, प्रथम अध्यक्षमा केशवराज खनाल र द्वितीय उपाध्यक्षमा प्रकाश श्रेष्ठ सर्वसम्मत भए ।

यस्तै, राकेश मेहता महासचिव, गोपाल खेतान उपमहासचिव, गणेशप्रसाद अधिकारी कोषाध्यक्ष, गंगाबहादुर अधिकारी सचिव, सुरेशकुमार भट्टराई सहकोषाध्यक्षमा निर्विरोध निर्वाचित भए ।

सदस्यहरूमा रञ्जितकुमार अग्रवाल, दिलीपकुमार अग्रवाल, कमल नेपाल, राजेन्द्र डंगोल, पंकज अग्रवाल, प्रदीपकुमार घिमिरे, राजकृष्ण दाहाल, किरण खरेल, हेमराज खनाल र विचित्र ढुंगाना चुनिएका छन् ।

यो कार्यसमितिको कार्यावधि दुई वर्षको रहनेछ । नवनिर्वाचित अध्यक्ष शाहले आफ्नो कार्यकालमा मसलन्द उद्योगको विकासका लागि सदैव लाग्ने प्रतिबद्धता जनाउँदै सर्वसम्मत बनाउन पहल गर्ने सबैलाई धन्यवाद दिए ।

अधिवेशनको उद्घाटन गृहमन्त्री रमेश लेखकले गरेका थिए । मन्त्री लेखकले सरकारले बढी मूल्य परे पनि स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लिएको बताउँदै मुलुकमा उद्योगको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

साल्ट ट्रेडिङले १० प्रतिशत लाभांश दिने

काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट साल्ट ट्रेडिङ लिमिटेडका सेयरधनीले लाभांश पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस