काठमाडौँ । हिउँदको मौसमलाई स्वास्थ्यको दृष्टिले राम्रो मानिन्छ । तर जाडोमा धेरैजसो मानिसहरुको ब्लड प्रेशर अचानक बढ्न जान्छ । यस अवस्थामा टाउको दुख्नु, नाकबाट रगतआउनु, आँखाले धमिलो देख्नु, छाति कस्सिएको अनुभव हुनु, छाति दुख्नु, श्वासको गति तिँब्र हुनु आदि जस्ता समस्याहरु हुन सक्छन् ।
धैरेजसोलाई त थाहा नै हुदैन कि मेरो ब्लडप्रेशर बढेको छ वा सामान्य छ भन्ने कुराको। यसो हुनुको कारण रउनीहरुमा ब्लड प्रेशरको लक्षण नै देखा नपर्नु हो। उनीहरुलाई त्यसबेला मात्र थाहा हुन्छ, जब उसलाई हार्टअटेक/स्ट्रोकले आफ्नो चपेटामा लिई सक्छ वा नियमित स्वास्थ परीक्षणमा गराउँछ। बल्डप्रेशरको लक्षणहरु देखा नपर्ने भएकाले नै होला, यस रोगलाई साईलेन्ट किलर पनि भनिन्छ। हाई ब्लड प्रेशरको कारणले ब्रेनहेमरेज, स्ट्रोक, किड्नीमा असर पर्ने, रेटिना हेमरेज (आखाँ) बाट रगत आउने समस्या हुन सक्छ। गाउँघर भन्दा महानगरहरुमा ब्लड प्रेशरका रोगीहरु बढी छन्।
किन बढछ जाडोमा ब्लड प्रेशर ?
जाडो (चिसो) ले शरीरलाई स्वभाविक तापमान र न्यानो बनाई राख्नको निम्त रक्त संचारमा रुकावट पैदा गर्दछ। जसले गर्दा मुटुले रक्तनलीहरुमा रक्त सञ्चालनको लागि सामान्य भन्दाबढि मेहनत गर्नुपर्ने हुन्छ। यसकारण ब्लडप्रेशर बढ्न जान्छ। जसको ब्लड प्रेशर सामान्य रहन्छ। त्यस मध्ये कतिपयको ब्लड प्रेशर केही मात्रमा बढेकै हुन्छ। जसको ब्लड प्रेशर नियमित रुपमा औषधिको सेवनबाट कन्ट्रोलमा छ, उनीहरुको औषधिको मात्रा बढाउनु पर्ने अवस्था पनि आउन सक्छ। तेश्रो, जसको ब्लड प्रेशर पहिलेदेखि नै बढि रहन्छ। उनीहरुको ब्लड प्रेशर बढेर खतरनाक स्थितिमा पुग्न सक्छ। उच्च रक्तचाप भएमा धमनीहरुमा रगतको दबाब बढ्न जान्छ। जाडोमा त्यसैपनि ब्लड प्रेशर गर्मी महिनाको तुलनामा ५ मि.लि. बढ्न जान्छ।
ब्लड प्रेशर के हो ? : हाम्रो शरीरमा ब्लड प्रेशरको ग्राफ (चित्र) यस कुराबाट निर्धारित हुन्छ कि हाम्रो मुटुले कति मात्रामा रगत पम्प गर्दछ। जब रगत धमनीहरुबाट प्रवाहित हुन्छ, त्यसबेला मुटुले कति प्रतिरोधको सामना गर्नु पर्दो रहेछ। मुटुले जति बढि रगतलाई पम्प गर्छ नशा र धमनीहरु साँगुरिएको हुन्छ र ब्लड प्रेशर त्यति नै बढि हुन्छ। ब्लड प्रेशर बढि हुनु या कम हुनु। यि दुवै अवस्था व्यक्तिको लागि नोक्सान दायक हुन्छ। ब्लड प्रेशर स्फाईग्नोमोनोमिटर नामक यन्त्रद्वारा नाप्ने गरिन्छ। ब्लडप्रेशर नाप्नेबेलामा दुईवटा नम्बर नोट गरिन्छ। माथिको नम्बरले सिस्टोलिक प्रेशरलाई जनाउछ। जुनबेला मुटु खुम्चिन्छ र शरीरमा रगत पम्प गर्दछ। एउटा स्वस्थ्य व्यक्तिको सिस्टोलिक अर्थात माथिको रक्तचाप सामान्यता १०० देखि १४० एमजीएचजी हुन्छ। तलको नम्बर अर्थात डायस्टोलीक प्रेशरले जब मुटु फैलिन्छ र आरामको अवस्थामा हुन्छ र रगतले भरिएको हुन्छ त्यसबेलाको अवस्था जनाउँछ। यो सामान्यरुपले ६० देखि ९० एमएमएचजी हुन्छ।
एक स्वस्थ व्यक्तिको ब्लड प्रेशर लगभग १२०/८० हुनुपर्छ। यदि रिडिगंमा १४०९० या यसभन्दा माथि देखाउछ भने चिकित्सकले औषधि दिनु भन्दा बिरामीलाई आफ्नो जीवनशैली परिर्वतन गर्ने सल्लाह दिएर प्रेशरलाई सामान्य अवस्थामा ल्याऊने सुझाव दिईन्छ। हत्तपत्त प्रेशरको औषधि दिइ हाल्दैन। यदि साता पन्द्रह दिनको परिवर्तित जीवनशैलीबाट पनि रक्तचाप कन्ट्रोलमा आएन भने अनि मात्र सम्बन्धित चिकित्सकद्वारा बिरामीलाई प्रेशरको औषधि दिईन्छ। ब्लड प्रेशरको उपचार सुरु गर्नु भन्दा अगाडि सम्बन्धित मुटु रोग विशेषज्ञ (कार्डियोलोजिष्ट) द्वारा अलग-अलग समयमा ब्लड प्रेशर नापेर हेरिन्छ। त्यसपछि अन्य आवश्यक परीक्षण : जस्तै, बिरामीको छातीको एक्स-रे, ईसिजि, (ईलेक्ट्रोकार्डियोग्राम) ई-को तथा बिभिन्न प्रकारका आवश्यक ब्लडटेस्ट आदि गराइन्छ। त्यस पछि मात्र बिषयगत चिकित्सकद्वारा उचित औषधिको निर्णय गरी बिरामीलाई औषधि प्रेस्क्राईव गरिन्छ। ब्लड प्रेशर बिभिन्न कारणले गर्दा प्रभावित हुन्छ, जसमा व्यक्तिको उमेर, जिन्स, मोटोपन, खाने पिउने बानी, ब्यवसाय र व्यक्तिको जीवन शैली प्रमुख हुन्। यस बाहेक ३० वर्ष उमेर पार गरि सकेका पुरुष र मेनोपोज (महिनावारी) सुक्ने अवस्थामा पुगि सकेका महिलाहरुमा उच्च रक्तचाप हुने खतरा बढि रहन्छ। मौसममा हुने परिवर्तनले पनि ब्यक्तिको ब्लडप्रेशरलाई प्रभावित गर्दछ।
जाडोमा प्रेशर बढ्ने कारणहरु
(१) जाडोमा शरीरको तापमान कम हुनले रक्तनली खुम्चिएर साँगुरिन्छ। साँगुरिएको नशा धमनीहरुमा रक्त सञ्चारको लागि मुटुले बढि बल गर्नुपर्ने हुन्छ। जसले गर्दा ब्लडप्रेशर बढ्न जान्छ। (२) जाडोयाममा शरीरबाट पसिना नआउनले पनि प्रेशर बढ्दछ। (३) घरमै बसिरहने शारीरिक गतिबिधि कम गर्नले पनि प्रेशर बढ्न जान्छ। (४) जाडोमा अवसाद (डिप्रेसन) को चपेटमा आउने मानिसहरु-अल्कोहलको सेवन बढि गर्ने हुनले पनि उनीहरुमा प्रेशर बढ्ने आशंका रहन्छ। (५) गलत खानपानको आदतले पनि बढ्छ।
ब्लड प्रेशरलाई कन्ट्रोल गर्ने तरिका
नुन, अमिलो, पिरो, चिल्लो, चिया, कफि, चटपटे, खानेकुरा कमै मात्रामा लिने। पुरानो अचार तथा डिब्बाबन्द खादध्य पदार्थ, फास्टफुड, रातो मासु, रक्सी, चुरोट, तम्बाखुको सेवनबाट बच्ने। यि खाद्य पदार्थहरुमा भरपुर मात्रामा नुन हुन्छ। पोटासियम र मेग्नेशियमयुक्त भएको खाद्य पदार्थ भरपुर मात्रामा लिने। सधै सन्तुलित आहार लिने, खानामा चोकरसमेतको गहूँको पिठोको रोटी, टुसा उम्रेको अन्न, लौका, माछा, गोलभेंडाको जुस, काँक्रो, प्याज, अमला आदि समाबेश गर्ने। फलफुलमा स्याउ, केरा र हरियो सागपात बढि मात्रा खाने।
शरीरलाई न्यानो राख्नका लागि न्यानो कपडाहरु लगाउने। टाउकोलाई चिसोबाट जोगाउन उनीको टोपी लगाउने, हातमा पन्जा खुट्टामा मोजालगाउने, भित्र थर्मकोट लगाउने, घरभित्रै भए पनि हिड-डुल गरि राख्ने। घाम ताप्ने। शरीरिक ब्यायाम गर्नले पनि शरीरमा गर्मि आउँछ।
घरेलु उपचार
प्रतिदिन लसुनको ३-४ केस्रा छोडाएर चपाउने अनि मन तातो पानीले निल्ने। यसले रगतमा कोलस्ट्रोलको मात्रालाई कम गर्दछ।
–तुलसीको पात महसँग खाने।
– एक चम्च अमलाको जुस र एक चम्च मह मिसाएर सधै बिहान खाने।
– तीन भाग गाजरको जुसमा एकभाग पालुंगोको रस मिलाएर सधै बिहान र बेलुकी सेवन गर्ने।
– योगासनमा कपालभाति, अनुलोमबिलोम तथा सुर्य नमस्कार आदिले पनि बल्ड प्रेशरलाई सामान्य अवस्थामा राख्न मद्दत गर्दछ।
प्रतिकृया दिनुहॊस