सरकारले कुटनीतिक मर्यादा भुल्यो : सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कुटनीतिक मर्यादा बिर्सेपछि सरकार विवादमा तानिएको बताएका छन् । मंगलबार बिहान रामेछापमा प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘सरकारले आफ्नो कुटनीतिक मर्यादा बिर्सेको छ, विवादास्पद संस्थाको कार्यक्रममा आयोजक जस्तै बनेर काम गरेको छ यो लज्जास्पद हो, सरकारले कुटनीतिक मर्यादा भुल्न पाईदैँन,’ उनने भने । उनले दुईतिहाईको दम्भ देखाउँने सरकारको यो हालत हुनु दुःखदायी रहेको बताए ।

‘दुईतिहाई को धक्कु लगाउने सरकार पूर्ण रुपमा असफल भएको छ, विकास बजेट खर्च गर्न सकेको छैन, ऐन कानुन बनाउन सकेको छैन। सत्ताधारी दल नै सरकारको विराधमा बोल्न थालेका छन्, यो सरकार कस्तो हो भन्ने अब जनताले बझ्न बाँकी केही छैन,’ उनले भने ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारी हिनामिनामा छानबिन गर्न राप्रपाको माग, हाम्रा सांसदलाई पनि नछोड्नू

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीकी प्रतिनिधिसभा सांसद गीता बस्नेत जोडिएको सहकारी बचत …

प्रतिकृया दिनुहॊस