कास्की अदालतमा सरकारी वकिलको बहस सकियो, आजै आदेश आउनसक्ने

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सरकारी वकिलको तर्फबाट बहस सकिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने समेत मुछिएको यो सहकारी प्रकरणमा आज सरकारी वकिलहरूले बहस गरेका थिए । सूर्यदर्शन सहकारी ठगी प्रकरणको मुद्दा न्यायाधीश नीतिज राईमा सुनुवाइ भइरहेको छ ।

न्यायाधीश राईले आजै सभापति लामिछाने लगायतलाई थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने भन्ने आदेश गर्ने सम्भावना छ ।

उच्च सरकारी वकिल कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयका तर्फबाट जवाफी बहस सकिएसँगै आजै आदेश आउन सक्ने सम्भावना देखिएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘नो केबलकार समूह’ द्वारा थप आन्दोलन कार्यक्रमको घोषणा

काठमाडौँ । ‘नो केबलकार समूह’ द्वारा पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध थप आन्दोलन कार्यक्रम गर्ने घोषणा गरेको छ । उनीहरुले नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै थप आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेका हुन् ।

प्रतिकृया दिनुहॊस