सिड्नीमा नेपाली नर्स दीक्षाको शंकास्पद मृत्यु, इमर्जेनसी सर्भिस गएको थियो फोन

काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा एक नेपाली महिलाको शंकास्पद मृत्यु भएको छ । नेपालकी ३९ वर्षीया दीक्षा दाहालको शंकास्पद मृत्यु भएको हो ।

सिड्नीमा दीक्षाको शंकास्पद मृत्यु भएको डेली मेलले जनाएको छन् । पारामाट्टा अपार्टमेन्ट ब्लकको ७औं तलाबाट खसेर दीक्षाको मृत्यु भएको छ । दीक्षाको मृत्यु हुनुभन्दा दुई घण्टा अगाडि अपार्टमेन्टबाट अष्ट्रेलियाको इमर्जेनसी सर्भिस नम्बर ००० मा फोन आएको थियो । त्यसबेला पृष्ठभूमिमा ठूलो आवाजसहित भनाभन भएको सुनिएको डेली मेलको समाचारमा उल्लेख छ ।

प्रहरीले दीक्षाको मृत्यु भएको घटनामा प्रारम्भीक अनुसन्धानका लागि उनका ४० वर्षीय रविन्द्र सुवेदीलाई पक्राउ गरेर सोधपुछपछि छाडेको छ । दीक्षा अष्ट्रेलियामा नर्सका रुपमा काम गर्दै आएकी थिइन् । केही वर्ष अगाडि दीक्षा र रविन्द्रबीच विवाह भएको थियो ।

उनीहरूको आन्तरिक झगडा यसअघि प्रहरीसम्म समेत पुगिसकेको डेली मेलको समाचारमा उल्लेख छ । पछिल्लो समय उनीहरू सँगै बस्न छाडेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

देउवामाथि माधव नेपालको आरोप- कमिसन खान डडेलधुरा विमानस्थल बनाउन लाग्यो

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवामाथि डडेलधुरामा अनावश्यक विमानस्थल निर्माणको प्रयास गरेर कमिसन खाने ध्येय राखेको आरोप लगाएका छन् । सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष नेपालले यो आरोप लगाएका हुन् ।

प्रतिकृया दिनुहॊस