फोने पे बिजनेस एपबाट अब निःशुल्क विथड्र गर्न सकिने

काठमाडौं । डिजिटल भुक्तानी प्लेटफर्म फोने पेले नि:शुल्क अनरिक्वेस्ट विथड्रल सुविधा ल्याएको छ । कम्पनीले व्यावसायिक प्रयोगकर्तालाई नगद व्यवस्थापनमा सहज बनाउन यो सुविधा ल्याएको बताएको छ ।

यससँगै व्यापारी कुनै पनि समय आफ्नो आवश्यकता अनुसार नगद निकाल्न सक्ने कम्पनीले जनाएको छ ।

अब व्यवसायीले बिना कुनै शुल्क आफ्नो बैंक खातामा नगद निकासी गर्न सक्ने फोन पेले बताएको छ ।

व्यापारीहरूको नगद प्रवाहमा पूर्ण नियन्त्रण दिँदै उनीहरूको वित्तीय व्यवस्थापन प्रभावकारी र सुविधाजनक बनाउन यो सुविधा ल्याएको कम्पनीले बताएको छ ।

व्यापारीहरूले आपूर्तिकर्तालाई भुक्तानी गर्न, कर्मचारीको तलब व्यवस्थापन गर्न र आकस्मिक खर्चको सामना गर्न यो सुविधा प्रयोग गर्न सक्नेछन् । यो सुविधा फोन पे बिजनेस एपमा उपलब्ध छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एससीटी र हाम्रो पेबीच ‘स्मार्ट क्यूआर’मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजि लिमिटेड …

प्रतिकृया दिनुहॊस