दुई वर्षअघि पोर्चुगल गएका दोलखाका श्रेष्ठको निसासिएर मृत्यु

काठमाडौं । पोर्चुगलमा निसासिएर एक नेपाली कामदारको मृत्यु भएको छ । दुई वर्षअघि पोर्चुगल गएका दोलखाको शैलुङ गाउँपालिका-१ का ३१ वर्षीय राजन श्रेष्ठको मृत्यु भएको हो ।

कार्तिक १६ गते कामबाट फर्किएर कोठामा कोइला बालेर सुतेका श्रेष्ठको निसासिएर मृत्यु भएको बताइएको छ । आर्थिक अभावका कारण परिवारले उनको शवसमेत देख्न पाएको छैन ।

आर्थिक अभावका शव नेपालमा ल्याउन समस्या भएको मामा मुक्तलाल श्रेष्ठले बताए । ‘विदेशमा रहेका नेपालीहरू र विभिन्न संघ संस्थाहरूको सहयोगमा चन्दा सङ्कलनको काम भइरहेको जानकारी पाएको छौ तर कति उठ्यो के उठ्यो कसले उठाई रहेको छ हामीलाई थाहा छैन’ उनले भने ।

विदेशबाट शव फिर्ता ल्याउने तयारी भइरहेको तर आर्थिक र अन्य प्रक्रिया पूरा नभएका कारण शव नेपाल ल्याउन समस्या भएको परिवारको भनाई रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भैंसेपाटी हनि ट्रयापिङ प्रकरण : इन्स्पेक्टर र एसपी जोडिएपछि सिआइबीले थाल्यो अनुसन्धान

काठमाडौं । ललितपुरको भैंसेपाटीमा सक्रिय हनी ट्रयापिङ गिरोहसँग प्रहरीकै संलग्नता रहेको आरोपपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले यस विषयमा छानबिन सुरु गरेको छ । अनुसन्धानका क्रममा प्रहरीका वरिष्ठ अधिकृत एसपी समेत संलग्न रहेको खुलासा भएपछि सिआइबीले यसलाई गम्भीरताका साथ अनुसन्धान अगाडि बढाएको हो ।

प्रतिकृया दिनुहॊस