भैंसेपाटी हनि ट्रयापिङ प्रकरण : इन्स्पेक्टर र एसपी जोडिएपछि सिआइबीले थाल्यो अनुसन्धान

काठमाडौं । ललितपुरको भैंसेपाटीमा सक्रिय हनी ट्रयापिङ गिरोहसँग प्रहरीकै संलग्नता रहेको आरोपपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले यस विषयमा छानबिन सुरु गरेको छ । अनुसन्धानका क्रममा प्रहरीका वरिष्ठ अधिकृत एसपी समेत संलग्न रहेको खुलासा भएपछि सिआइबीले यसलाई गम्भीरताका साथ अनुसन्धान अगाडि बढाएको हो ।

ललितपुर प्रहरी परिसरले यस प्रकरणमा पक्राउ परेका चारजना आरोपीसहितको अनुसन्धान प्रतिवेदन सिआइबीलाई बुझाएको छ । पक्राउ परेकाहरूमा भैंसेपाटी प्रभागका हवल्दार महेन्द्र हमाल, गिरोहका नाइके ताज इस्लाम, सुष्मा विक र भिमादेवी थापा छन् । भैंसेपाटी प्रभागकी तत्कालीन इन्सपेक्टर बिनुकुमारी शाही र गिरोहका सदस्य दर्शन पोखरेल भने फरार छन् । यो प्रकरणमा एसपी कमल थापाको संलग्नता रहेको पनि खुलेको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले उनलाई बयानका लागि निर्देशन दिए पनि उनले बयान दिन अस्वीकार गरेका छन् । गिरोहले दरबारमार्ग क्षेत्रमा समेत ठेकदार विदुर शर्मालाई यस्तै प्रकारले फसाएको पुष्टि भएको छ । ललितपुर परिसरले सिआइबीलाई यस प्रकरणको निष्पक्ष अनुसन्धानका लागि सिफारिस गरेको हो । विशेषतः एसपीलाई जोगाउन केही पक्षबाट दबाब आएपछि सिआइबीलाई जिम्मा दिएको बताइन्छ ।

गत ७ असोजमा इटहरीका एक व्यापारीलाई बलात्कारको मुद्दामा फसाउने धम्की दिएर भैंसेपाटीमा थुनेर ३० लाख रुपैयाँ असुली गरिएको थियो । प्रारम्भिक अनुसन्धानले यस प्रकरणका योजनाकार एसपी थापा नै भएको देखाएको छ । दरबारमार्ग क्षेत्रमा भएको यस्तै घटनामा पनि उनी संलग्न देखिएका छन् । साथै, अर्का एक व्यक्तिलाई लागुऔषध मुद्दामा फसाउने तयारी भइरहेकोसमेत पत्ता लागेको छ । अब तीनै घटनाको अनुसन्धान सिआइबीबाट हुने भएको छ ।

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दामा आज सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूविरुद्ध अदालत अवहेलनामा दायर भएको मुद्दाको सुनुवाइका लागि …

प्रतिकृया दिनुहॊस