युनिलिभर नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्‍यो ५० लाख रुपैयाँ

काठमाडौं । युनिलिभर नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । कम्पनीले हालै नेपालमा भएको विनाशकारी बाढी र पहिरोका पीडितहरूका लागि सहयोग रकम उपलब्ध गराउको हो ।

युनिलिभर नेपालका प्रबन्ध निर्देशक/सीईओ अम्लान मुखर्जी र संस्थापक साझेदार रविभक्त श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेपाल सरकारको राहत तथा पुनःस्थापना गर्ने प्रयासमा ऐक्यबद्धता जनाउँदै ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

युनिलिभर नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत राहतको आवश्यकतामा परेका जनताहरूलाई दैनिक सरसफाइका सामग्री पनि उपलब्ध गराइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य