आयल निगमले प्रधानमन्त्री दैवी कोषमा दियो तीन करोड

काठमाडौँ । नेपाल आयल निगमले असोजमा गएको बाढी पहिरोका पीडितको पुनःस्थापनाका लागि तीन करोड रुपैयाँ सहयोग गरेको छ । निगमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड रुपैयाँ जम्मा गरेको हो । निगमको सञ्चालक समितिको निर्णयअनुसार निगमको व्यवसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) शीर्षक अन्तर्गत रहेर तीन करोडको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको निगमले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य