सांकेतिक तस्बिर

श्रीमानले पेट्रोल छर्किएर आगो लगाइएकी पूर्णकुमारीको मृत्यु

काठमाडौं । उदयपुरमा श्रीमानले पेट्रोल छर्किएर शरीरमा आगो लगाइएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

असोज २२ गते घरायसी विवादमा उदयपुरको बेलका नगरपालिका–८ डुडखोलाकी ४० वर्षीया पूर्णकुमारी राईलाई ४८ वर्षीय श्रीमान दानबहादुर राईले पेट्रोल छर्किएर शरीरमा आगो लगाइ दिएका थिए ।

आगोले जलेर गम्भीर घाइते पूर्णकुमारीको धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयकाका प्रहरी निरीक्षक सुमन बाँनियाले जानकारी दिए ।

घटनामा संलग्न श्रीमानलाई इलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिइ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान शुरू गरिएको छ । मृतकको शव सोमबार पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछानेमाथि गहिरो अनुसन्धान : अरू जिल्ला पनि पुर्‍याउन सक्ने

काठमाडौं । कास्की प्रहरीले सहकारी रकम अपचलनमा संलग्नताको आरोपमा हिरासतमा लिएका गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक रवि लामिछानेमाथि गम्भीर अनुसन्धान भइरहेको छ । सहकारी संस्थाहरूबाट मिडिया नेटवर्कमा ठूलो मात्रामा बचतको अपचलन भएको आशङ्कामा उनलाई पोखरा लगिएको हो ।

प्रतिकृया दिनुहॊस