नेइमार र एम्बाप्पेले गोल गरे पनि पीएसजीलाई जिताउन सकेनन्

काठमाडाैं । पेरीस सेन्ट जर्मेन (पीएसजी)को फ्रान्सेली लिग वनमा लगातार जितको यात्रा टुंगिएको छ । लिग अन्तर्गत आइतबार भएको खेलमा बोर्डोले पेरीस सेन्ट जर्मेन (पीएसजी) लाई बराबरीमा रोक्दै पिएसजीको लगातार जितलाई पूर्णबिराम लगाएको हो ।

बोर्डोको घरेलु मैदानमा भएको खेल २-२ मा सकिएपछि पीएसजीको शत प्रतिशत जित यात्रामा पूर्णविराम लागेको हो । पिएजीका लागि नेइमार र एम्बाप्पेले गोल गरे पनि पीएसजीलाई जिताउन सकेनन् । पहिलो हाफको ३४ औं मिनेटमा नेइमारको गोलबाट पिएसजीले सुरूवाती अग्रता लिएको थियो । ड्यानी आल्भेसको पासमा नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

अधिकांश समय बल नियन्त्रणमा राखे पनि पिएसजीले गोल गर्न नसक्दा पहिलो हाफमा १-० ले मात्र अघि रह्यो । दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको घरेलु टोलीले आक्रमण बढायो । खेलको ५३ औं मिनेटमा यान कारमाओको पासमा जिमी ब्रायन्डले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

दोस्रो हाफको ५६ औं मिनेटमा नेयमार चोट बोकेपछि मैदान छाडेर गएका थिए । नेइमार नभए पछि केही दबाब महसुस गरे पनि ६६ औं मिनेटमा जुलियन ड्राक्सलरको पासमा युवा स्टार किलियन एमबाप्पेले गोल गर्दै टिमलाई पुनः अग्रता दिलाए । खेलको ८४ औं मिनेटमा बोर्डोले फेरि बराबरी गोल फर्कायो । म्याक्सिम पाउन्जेको पासमा आन्द्रिएस कर्नेलियसले गोल गरेपछि खेल बराबरीमा सकियो ।

अन्तिम समयमा पीएसजीले गोल गर्ने राम्रो मौका गुमाउँदा लगातार जितको यात्रामा पूर्णविराम लागेको हो । यद्यपी अपराजित भने रहिरहेको छ । यो नतिजासँगै पीएसजी लिगको १५ औं खेलमा बराबरीमा रोकिएको हो । यद्यपी पीएसजीले अंक तालिकामा फराकिलो अन्तर कायमै राखेको छ । १५ खेलमा १४ जित र १ बराबरसहित ४३ अंक जोडेको पीएसजी दोस्रो स्थानको मोन्टपेलेरभन्दा १४ अंकले अगाडि छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस