मुक्तिनाथ विकास बैंकले गर्‍यो पहिरो पीडितलाई सहयोग

काठमाडाैं । मुक्तिनाथ विकास बैंकले ओखलढुङ्गाको राङ्गादिपका पहिरो पीडितलाई सहयोग गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत पहिरोमा परी अविभावक गुमाएका बालबालिकालाई सहयोग स्वरुप ५० हजारको चेक प्रदान गरेको हो ।

गत भदौं १३ गते राती आएको अविरल वर्षाका कारण आएको पहिरोमा परी ओखलढुङ्गा, ८ राङ्गादिपका पुर्ण राई र निजको श्रीमती सहित चार जनाको मृत्यु भएकोले निजको बाच्न सफल नाबालक छोराछोरीलाई चेक प्रदान गरेको छ ।

मुक्तिनाथ विकास बैंक कारामपुर, ओखलढुङ्गाकी शाखा प्रमुख रुपा राईले राङ्गादिप काठमाण्डौं समाजका सचिव महेश कुमार राईलाई हस्तान्तरण गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मंगलबार कति छ सुनचाँदीको मूल्य ?

नेपाली बजारमा पछिल्ला महिनायता सुनको मूल्यले नयाँ नयाँ कीर्तिमान बनाउँदै आएको छ ।

प्रतिकृया दिनुहॊस