सामसुङको मोबाइलमा ‘बाइ नाउ पे लेटर’ सेवा उपलब्ध

काठमाडौँ । आइएमई पे मार्फत सामसुङका सबै प्रकारका मोबाइलमा अब ‘बाइ नाउ पे लेटर’ फिचर उपलब्ध हुने भएको छ । जसअनुसार सामसुङ मोबाइल 0% Interest EMI मा खरिद गर्न सकिने आइएमई पेले जनाएको छ ।

हुलास फिन सर्भसँगको सहकार्यमा ल्याइएको यस अफर अन्तर्गत आइएमई पे का प्रयोगकर्ताहरूले ४० प्रतिशत डाउन पेमेन्ट गरि सामसुङको जुनसुकै प्रकारका मोबाईल फोन 0% interest EMI मा खरिद गर्न सक्नेछन्।

हालको लागि काठमाडौं, ललितपुर र भक्तपुर गरि उपत्यकाका तीनवटा जिल्लाहरुमा मात्रै लागु गरिएको यो सुविधाको फाईदा उठाउन सेवाग्राहीहरुले आइएमई पे एपमा रहेको ‘बाइ नाउ पे लेटर’ अप्सनमा गइ सोधिएको विवरण भरेर आफुले चाहेको मोबाईल फोन छनौट गरि ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने हुन्छ ।

यस पश्चातको सम्पूर्ण प्रक्रियाको जानकारी एप मार्फत प्राप्त गर्न सकिने छ । डाउन पेमेन्ट पछिको EMIभुक्तानी सेवाग्राहीहरुले आफ्नो आइएमई पे वालेटबाट गर्न सक्नेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ई-सेवाले ल्यायो दशैंतिहार चाडपर्वको अफर, कारोबार गर्दा नयाँ कार जित्न सकिने

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी ई-सेवाले दशैंतिहार तथा छठ पर्वको अवसर पारेर ‘ई-सेवा महाउत्सव …

प्रतिकृया दिनुहॊस