वित्तीय साक्षरता प्रर्वद्धन गर्न कुमारी बैंकको सातै प्रदेशमा प्रशिक्षक-प्रशिक्षण

काठमाडौं । कुमारी बैंकले सातवटै प्रदेशमा वित्तीय साक्षरता प्रर्वद्धन गर्न प्रशिक्षक–प्रशिक्षण सम्पन्न गरेको छ । यूसएडसँगको सहकार्यमा ‘देशैभरि वर्षैभरि’ अभियानकै रूपमा वित्तीय साक्षरता प्रर्वद्धन कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ ।

यसको उद्देश्य व्यावसायिक एवं उद्यमशिल सोचहरूलाई औपचारिक वित्तीय संयन्त्रमा आकर्षित गर्नु रहेको बैंकको भनाइ छ । वित्तीय ज्ञान, सीप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिकरूपमा वित्तीय साक्षरता प्रर्वद्धन हुने बैंकको विश्वास छ ।

स्थानीयस्तरमा प्रशिक्षक–प्रशिक्षणले आगामी दिनमा समुदायमा आधारित वित्तीय साक्षरता सामग्री विकास गरी समाजमा रहेका व्यावसायिक एवं उद्यमशिल सम्भावनाहरूलाई प्रर्वद्धन गर्दै उद्यमशिलता विकासमा टेवा पुग्ने बैंकको अपेक्षा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेग्मी गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मी नायब प्रमुख कार्यकारी …

प्रतिकृया दिनुहॊस