सांकेतिक तस्बिर

हत्याको अभियोगमा रोल्पा र डोटीबाट एक/एक जना पक्राउ

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका-२ जाजरकोट टोल बस्ने ७१ वर्षीया सारू रोकाको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय राम कुमार रोकालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राम कुमारले एकनाले भरूवा बन्दुकको कुन्जाले टाउँकोमा प्रहार गर्दा सारूको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय थवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले घटनामा प्रयोग भएको बन्दुक समेत बरामद गरेको छ ।

त्यस्तै डोटीमा आफ्नै दाइ ६६ वर्षीय गणेश जोराको हत्या गरेको अभियोगमा जोरायल गाउँपालिका-६ डाँडागाउँ बस्ने ५६ वर्षीय नर बहादुर जोरालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । नर बहादुरले घरायसी विवादका क्रममा कोदालोले टाउँकोमा प्रहार गर्दा गणेशको घट्नास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बिपिनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लाइसेन्स प्राप्त हतियारको निषेधित क्षेत्र तोकियो

काठमाडौं । यात्रा इजाजत प्राप्त हतियार नवीकरणका लागि सम्बन्धित कार्यालयमा बाहेक अन्यत्र सरकारी कार्यालय एवं सार्वजनिकस्थलमा लैजान नपाइने भएको छ । सरकारले गत भदौ ३१ गते सूचना प्रकाशित गरी यात्रा इजाजतपत्र प्राप्त हातहतियार समेत न्यायिक निकाय, संसद् भवन तथा परिसर, हातहतियारको इजाजतपत्र लिएको कार्यालयमा इजाजतपत्र नवीकरणका लागि ल्याउने वा लैजाने प्रयोजनबाहेक लैजान नपाउने जनाएको हो ।

प्रतिकृया दिनुहॊस