कांग्रेस सभापति देउवाको घर अगाडिको शंकास्पद वस्तु निष्क्रिय, ‘इलेक्टिक केतली’मा भेटियो माटो

काठमाडौं । कैलालीको धनगढीस्थित पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरअगाडि राखिएको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ । शनिबार राति राखिएको उक्त वस्तु बिहान नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय गरेको हो ।

धनगढी उपमहानगरपालिका-४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिबार राति शंकास्पद वस्तु फेला परेको खबर जिल्ला प्रहरी कार्यालय कैलालीले १ बजे थाहा पाएको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराकाअनुसार झोलाभित्र ‘इलेक्टिक केतली’मा रहेको भेटिएको छ ।

केतलीभित्र माटो भरेर त्यहाँ राखिएको उनले बताए । त्रास फैलाउने र चेतावनी दिने शैलीमा शंकास्पद वस्तु राखिएको प्रहरीले अनुमान गरेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

यो पनि : कांग्रेस सभापति देउवा निवास अगाडी शंकास्पद वस्तु फेला

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पलेशालाई सरकारको सम्मान, खातामा पठायो ६५ लाख

काठमाडौं । ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा ६५ लाख रुपैयाँ जम्मा भएको छ …

प्रतिकृया दिनुहॊस