नेशनल लाइफ इन्स्योरेन्सको कूल बीमा शुल्क १६.६६ प्रतिशतले वृद्धि

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्सले कूल बीमाशुल्क १६.६६ प्रतिशतले वृद्धि भएको जानकारी दिएको छ । कम्पनीको शुक्रबार सम्पन्न ३६ औं वार्षिक साधारणसभामा अध्यक्ष प्रेमा सिंहले सो जानकारी गराएकी हुन् । उनका अनुसार आ.व.२०७९/०८० मा कम्पनीको सबै वित्तीय सूचाङ्कहरु उत्साहप्रद रहेका छन् ।

जसअनुसार कम्पनीको कूल बीमाशुल्क १६.६६ प्रतिशतले बृद्धि हुँदा रु.१,६८०.९० करोड पुगेको छ । यस्तै समिक्षा वर्षको संचालनवाट जम्मा रु.९३१.८३ करोड खूद थप रकम कूल बीमा करार दायित्वमा सारिएको छ भने कूल बीमा करार दायित्व गत वर्षको तुलनामा १७.७६ प्रतिशतले बृद्धि भई वर्षान्तमा रु.६,५४०.४० करोड पुगेको छ ।

यस्तै कूल लगानी १५.७२ प्रतिशतले बृद्धि भई रु.४,९७८.२० करोड पुगेको कम्पनीले जनाएको छ । कम्पनीले ब्यवसायीक लक्ष्य र संस्थागत सामाजिक उत्तरदायित्व बीचको सन्तुलनलाई निरन्तरता दिई नियमनकारी निकायको निर्देशन अनुसार खूद नाफाको १ प्रतिशतले रु ९७,३३,१५० बराबर रकम सामाजिक उत्तरदायित्व जगेडामा स्थानान्तर गर्न सफल भएको पनि जनाएको छ ।

यस्तै ३६ औं वार्षिक साधारणसभाले आ.व. २०७९/०८० को लागि अद्यावधिक चुक्ता पूँजी रु.५,०१,१६,६६,४२५ मा १० प्रतिशतका दरले नगद लाभांश रु.५०,११,६६,६४२/५० र ४ प्रतिशतका दरले वोनस शेयर लाभांश रु.२०,०४,६६,६५७ साथै उक्त नगद एवं वोनस लाभांशमा कर प्रयोजनको लागि रु.३,६९,२८,०६८/३९ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

नियामक निकायले जीवन बीमा कम्पनीको चुक्ता पूँजी रु.५ अरब पुर्याउनुपर्ने वाध्यात्मक ब्यवस्था गरेकोमा हालको कायम रहेको चुक्ता पूँजी रु.५,०१,१६,६६,४२५ मा ४ प्रतिशतको वोनस शेयर थप भई कूल चुक्ता पूँजी रु.५,२१,२१,३३,०८२ पुगेको कम्पनीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मेटलाइफ नेपालद्वारा अभिकर्ता टोलीलाई सम्मान

काठमाडौं । मेटलाइफ नेपालले गत उत्कृष्ट कार्य गरेवापत कार्यरत अभिकर्ता टोलीलाई सम्मान गरेको छ । …

प्रतिकृया दिनुहॊस