काठमाडौं । कैलालीको धनगढीस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास अगाडि शंकास्पद वस्तु भेटिएको छ । धनगढी उपमहानगरपालिका-४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिबार राति शंकास्पद वस्तु फेला परेको हो ।
कैलाली प्रहरीका अनुसार पूरानो झोलामा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको छ । उक्त वस्तु के हो भन्ने खुलेको छैन ।
शंकास्पद वस्तुलाई निष्क्रिय पार्न नेपाली सेनाको डिस्पोजल टोली पुगेको छ । यसअघि काठमाडौंको बलम्बुमा भेटिएको शंकास्पद वस्तु रित्तो कुकर भएको खुलेको थियो ।
प्रतिकृया दिनुहॊस