त्रिशूली नदीमा खस्नबाट जोगियो महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको बस (भिडिओ)

काठमाडौं । मुग्लिङ-नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना भएको छ । महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००१ ख १३३२ नम्बरको बस आइतबार बिहान भरतपुर महानगरपालिका-२९ घुमाउने भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा परेको बस सडक किनारमा लगाइएको बारले छेकेकाले त्रिशूली नदीमा खस्नबाट जोगिएको छ । आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको बसको सवार १० भन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि भरतपुर लगिएको छ ।

भिडिओ स्रोत : मुग्लिन बजार

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पलेशालाई सरकारको सम्मान, खातामा पठायो ६५ लाख

काठमाडौं । ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा ६५ लाख रुपैयाँ जम्मा भएको छ …

प्रतिकृया दिनुहॊस