बल्ल घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा चार दिन लगातार स्थिर रहेको सुनको मूल्य घटेको छ । आइतबारदेखि बुधबारसम्म स्थिर रहेको सुनको मूल्य आज घटेको हो ।

बुधबार प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजाबी सुन तोलामा १ लाख १७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य आज २० रुपैयाँले बढेको छ । यस दिन चाँदी १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री